Batuwaa
Ani Choying Drolma
6:21जान्नु भनेको के हो, बाबा, बुझ्नु भनेको के? कोहीलाई अरू देख्दैनन् आफू देख्नेले कोहीलाई अरू देख्दैनन् आफू देख्नेले दुःख, दुःख किन भन्छौँ हामी? दुःख कहाँ छ र, खै? बत्तीको आँखाले हेरे छैन अँध्यारो है आऊ, हामी आफू देखौँ सबभन्दा पहिले कोहीलाई अरू देख्दैनन् आफू देख्नेले कोहीलाई अरू देख्दैनन् आफू देख्नेले चोट जहाँ नै लागोस्, आखिर दुख्ने मुटु नै हो मुटुमै राखौँ हात सबैले, परमेश्वर त्यहीँ हो यत्ति बुझेमा खुल्छ नि, बाबा, स्वर्ग यहीँ अहिले कोहीलाई अरू देख्दैनन् आफू देख्नेले कोहीलाई अरू देख्दैनन् आफू देख्नेले प्रेमदान हो पावन पानी मनको क्लेश धुने प्रेम दिनै पनि भन, ए बाबा, किन कन्जुस हुने? ईश्वर पाउँछ आफैभित्रै यसमा जुट्नेले कोहीलाई अरू देख्दैनन् आफू देख्नेले कोहीलाई अरू देख्दैनन् आफू देख्नेले भन न, अरे, भन किन अर्काको व्यर्थै ज्यान लिने? जुन कि लिए पनि आफ्नै नहुने, किन त्यो ज्यान लिने? यस्तो पनि किन गर्दछ, बाबा, मान्छे भन्नेले? कोहीलाई अरू देख्दैनन् आफू देख्नेले कोहीलाई अरू देख्दैनन् आफू देख्नेले मूढ बुद्धिको पर्वत हैन, बुद्ध बुद्ध नै हुन् बुद्धघोष यो घन्किरहेको सुन्, ए मान्छे, सुन् शान्ति देख्छ है, ढुकढुक मुटुको धड्कन बुझ्नेले कोहीलाई अरू देख्दैनन् आफू देख्नेले कोहीलाई अरू देख्दैनन् आफू देख्नेले जान्नु भनेको के हो, बाबा, बुझ्नु भनेको के? कोहीलाई अरू देख्दैनन् आफू देख्नेले कोहीलाई अरू देख्दैनन् आफू देख्नेले