May It Spread Across Nations
Ani Choying Drolma
9:09जप, तप, व्रत, उपवासका साधन जुटून् अनेक ती नै बाधक बन्दछन्, छैन त ज्ञान-विवेक दिनु नै सुखको मूल हो, लिनुको लोभ नहोस् हल्काफुल्का चित्तमा मङ्गल भाव बहोस् मङ्गल भाव बहोस् आउँछ गन्ध गुलाफको पवन बहन्छ जहाँ शील-गन्ध पवनैबिना चल्छ जहाँ र तहाँ शीलग्रहण गाह्रो, बरु सजिलो दैव भजन भजन गर्नु निःसार हो नगरी शीलग्रहण नगरी शीलग्रहण परहितमा लाग्यो भने धर्म सुमन फुल्छ निजहितमा लाग्यो भने धर्म सुमन सुक्छ गर्नै छ त उपकार गर, नगर कुनै अपकार सुखदायी उपकार हो, दुःखदायी अपकार दुःखदायी अपकार सुख पनि नघटोस् रत्तीभरै, नपरोस् मनमा पीर प्रज्ञा, शील, समाधिमै बस है भईकन धीर औषधीपत्र पढी फगत, सेवन नगर्नू लिस थप्नु रोगमा रोग हो, क्लेशमाथि झन् क्लेश क्लेशमाथि झन् क्लेश दाजुभाइको बीचमा कुटपिट चल्छ जहाँ त्यहाँ राम आदर्श खै? धर्माचरण कहाँ? प्रज्ञा, शील, समाधिको बग्छ त्रिवेणी धार पौडिजाऊ है तिमी दुःख समुन्दरपार दुःख समुन्दरपार शीलपुष्ट होस् चित्त यो, गिरिझैँ अडिग रहोस् बन्धन पन्छाई सबै प्रज्ञा भित्र पसोस् बन्धु, सधैँ सुख पाउने इच्छा छ त तिम्रो? अनुशासित भई बोल है, "शान्तिमार्ग यही हो" शान्तिमार्ग यही हो शान्तिमार्ग यही हो शान्तिमार्ग यही हो