Deshnikala

Deshnikala

Bartika Eam Rai

Альбом: Si Ma Na
Длительность: 4:22
Год: 2019
Скачать MP3

Текст песни

बाँचेसम्म यो सासको महत्त्व कति सास रहन्छ?
मर्दा पर्नेलाई थाहा एकछिन हुन्छ
नबोलेसम्म यो बोली के साँच्चै शब्द गनिन्छ?
बोल्न बन्देज हुनेलाई मात्र यो भेद थाहा हुन्छ

सास फेर्ने बहाना चाहिएको छ यहाँ
गुमनाम शहरमा छाया बनी हिँडेकै छु
अस्ताएका चाहना अझै पनि सँगाली
अरूकै यो पेटीमा आफ्नो औचित्य खोजेकै छु

बगिसके जहाजहरू
चिच्याएर कामै छैन
रोकिएर रोकिँदैन
गइसके पर, पर, पर, पर, पर
पर छु म, बिलाइसकेँ

कागजको भाउमा इतिहासको लिलामी
साथ दिई हिँडेछु, पुस्तौँको यो बरबादी
सामूहिक यो हुनु त सबैको हो गल्ती
पश्चिमलाई देउता मान्ने मेरै समाजको प्रवृत्ति

बगिसके जहाजहरू
चिच्याएर कामै छैन
रोकिएर रोकिँदैन
गइसके पर, पर, पर, पर, पर
पर छु म, बिलाइसकेँ

इमान नै बेचेसरि यही अनजान ठाउँ पनि
कहिलेकाहीँ अचेल लाग्छ आफ्नै उही गाउँसरि
तिमी पनि थिएनौ, उनी पनि थिइन
थिए यही जघन्य अजीवित भित्ताहरू

हो, बगिसके जहाजहरू
चिच्याएर कामै छैन
रोकिएर रोकिँदैन
गइसके पर, पर, पर, पर, पर
पर छु म, बिलाइसकेँ

एक दिन आउँछ सिफारिस लिएर यमबाट, भ्रमबाट...