Timi Tare Bhir
Pabitra Subba
4:52जिउधनै भाके नि, फूलपाती राखे नि देउरालीमै सुकाई आएँ पातैभरि माया हिँड्दा हिँड्दै छुटाई आएँ बाटैभरि छायाँ एहई, निलै, आ हा हा, हा हा हा धेरै छुटे मनका रहर बाटो बिसाउनीमा पाइलाभन्दा घुम्ती धेरै मेरो कहानीमा धेरै छुटे मनका रहर बाटो बिसाउनीमा पाइलाभन्दा घुम्ती धेरै मेरो कहानीमा घामपानीले चुम्छ मलाई, हावा सुम्सुमाउँछ पिरको पहाड बिसाऊ भन्दै तारा टिम्टिमाउँछ एहई, निलै, आ हा हा, हा हा हा कत्ति कुरा सम्झनाका फाँटभरि लेखेँ मिठामिठा सपना पनि यही धुलोमै देखेँ कत्ति कुरा सम्झनाका फाँटभरि लेखेँ मिठामिठा सपना पनि यही धुलोमै देखेँ लेख्न बाँकी सानो खुसी मनमा अझै छ कि? फेरि अर्को जङ्घार मैले तर्नु रैछ बाँकी एहई, निलै, आ हा हा, हा हा हा आ हा हा, हा हा हा आ हा हा, हा हा हा