Kati Ramro

Kati Ramro

Raju Lama

Длительность: 4:20
Год: 2024
Скачать MP3

Текст песни

हो, कति राम्रो फूलै फुल्यो त्यो पारि भीरमा
लान्छु म त तिमीलाई लगाई सिन्दूर शिरमा
लान्छु म त तिमीलाई लगाई सिन्दूर शिरमा

हो, अङ्कुसे बोलीले तान्न नखोज
केश तिम्रो फुलिसक्यो, मलाई नरोज
केश तिम्रो फुलिसक्यो, मलाई नरोज

मेरो पनि तिम्रो जस्तो १६ वर्षे उमेर
मेरो पनि तिम्रो जस्तो १६ वर्षे उमेर
लाउने भए लाऊ है माया, कर्के नजरले नहेर
लाउने भए लाऊ है माया, कर्के नजरले नहेर
Mmm, खोला बग्छ उँधो-उँधो, उँभोचाहिँ बग्दैन
तिमी जस्तो अल्लारेको भर मलाई लाग्दैन
तिमी जस्तो अल्लारेको भर मलाई लाग्दैन

हो, कति राम्रो फूलै फुल्यो त्यो पारि भीरमा
लान्छु म त तिमीलाई लगाई सिन्दूर शिरमा
लान्छु म त तिमीलाई लगाई सिन्दूर शिरमा

माया भन्नु यस्तै हो, राजै, ख्यालठट्टा हुन्न
हो, माया भन्नु यस्तै हो, राजै, ख्यालठट्टा हुन्न
लाएपछि माया, राजै, फेरि रोज्न पाइन्न
हो, लाएपछि माया, राजै, फेरि रोज्न पाइन्न
हो, माया मेरो ठट्टा होइन, जुनीभरलाई हो नि
भर मेरो पर तिमी, घरजम गरौँ हामी
भर मेरो पर तिमी, घरजम गरौँ हामी

हो, परेँ म त भर तिम्रो, दिलै सुम्पेँ तिमीलाई
कसम दियौ, मायालु, नरुवाऊ है मलाई
कसम दियौ, मायालु, नरुवाऊ है मलाई

लान्छु म त तिमीलाई लगाई सिन्दूर शिरमा
कसम दियौ, माया, तिमीले, नरुवाऊ है मलाई
Hmm, कसम दिएँ, मायालु, रुवाउँदिन तिमीलाई