Charile Ta Chhadera

Charile Ta Chhadera

Ram Krishna Dhakal

Альбом: Strings
Длительность: 4:36
Год: 2006
Скачать MP3

Текст песни

चरीले त छाडेर गइगयो, गइगयो
सम्झना चाहिँ डालीमै रइरह्यो
सम्झना चाहिँ डालीमै रइरह्यो
नाता टुट्यो, पराइ भइगयो, भइगयो
एउटा नाता मनमा चाहिँ रइरह्यो
एउटा नाता मनमा चाहिँ रइरह्यो

सँगसँगै हिँड्ने मान्छे भयो पर-पर
सँगसँगै हिँड्ने मान्छे भयो पर-पर
मनमा चाहिँ उसकै रूप अल्झिरह्यो तर

सुख पनि मनै रैछ, दुःख पनि मन
सुख पनि मनै रैछ, दुःख पनि मन
मनै दुखी भएपछि के गर्नु र धन?
मनै दुखी भएपछि के गर्नु र धन?

ऊ त डाँडा काटेर गइगयो, गइगयो
सम्झना चाहिँ डालीमै रइरह्यो
सम्झना चाहिँ डालीमै रइरह्यो

जति बिर्सूँ भने पनि याद उसकै हुन्छ
जति बिर्सूँ भने पनि याद उसकै हुन्छ
ओठभरि हाँसे पनि भित्री मन रुन्छ

घाउ लाग्यो मनको मुटु कुटु-कुटु खाने
घाउ लाग्यो मनको मुटु कुटु-कुटु खाने
न रोएर जाने, हजुर, न धोएरै जाने
न रोएर जाने, हजुर, न धोएरै जाने

आफ्नो आँगन बिरानो भइगयो, भइगयो
सम्झना चाहिँ डालीमै रइरह्यो
सम्झना चाहिँ डालीमै रइरह्यो
नाता टुट्यो, पराइ भइगयो, भइगयो
एउटा नाता मनमा चाहिँ रइरह्यो
एउटा नाता मनमा चाहिँ रइरह्यो