Naganya Maya

Naganya Maya

Sajjan Raj Vaidya

Альбом: Naganya Maya
Длительность: 5:14
Год: 2021
Скачать MP3

Текст песни

उसले तिम्रो हात समायो कि? तिमीलाई अलिक नजिक ल्यायो कि?
अनि उसका सबै पीरहरू तिम्रो काँधमा बिसायो कि?
या अँधेरी आउँदा तिमीलाई अँगालेर निदायो कि?
बिहान आँखा खोलेर तिमीलाई नै फेरि पायो कि?
उसका आँखाकै अगाडि ओठ नै भिजाउन मिल्ने
कम्बलमुनि बतासिएका ढुकढुकी सुनाउनै मिल्ने गरी
भोलि आकाश गडगडाए उसैलाई खोज्छौ हाेला
उसकै समुद्रतिर बगी जान्छन् तिम्रा खोला
कल्पनाले भ्याउने जम्मै तिम्रा दिनहरू सबै
उसकै अनुहारले भरी निदाउने गर्छौ होला
उसका ओठकै अगाडि निधारै सजाउन मिल्ने
सिरानीमा सँगेलिएका सपना देखाउनै मिल्ने गरी
पर नै बसेर म माया गरुँला
यही मायाकै खातिर दिनदिनै मरुँला
नगण्य माया यो तिमीले बिर्सिए
कल्पनाहरू नै साँचेरै बाँचुँला
म, whoa
Whoa, म, whoa
उसले तिम्रो हात समायो कि? तिमीलाई अलिक नजिक ल्यायो कि?
अनि उसका सबै पीरहरू तिम्रो काँधमा बिसायो कि?