Risaune Bhaye

Risaune Bhaye

Sushant Kc

Альбом: Risaune Bhaye
Длительность: 3:17
Год: 2022
Скачать MP3

Текст песни

सानो-सानो कुरामा पनि तिमी रिसाउने भए (रिसाउने भए)
लामो-लामो झगडा गरी दिन बिताउने भए (बिताउने भए)
सानो-सानो कुरामा पनि तिमी रिसाउने भए (रिसाउने भए)
लामो-लामो झगडा गरी दिन बिताउने भए (बिताउने भए)

फकाउन सिकाऊ न तिमी सँगै-सँगै
बिताउने छ चाहना समय धेरै-धेरै
चलिरहेको के छ तिम्रो मनभित्र, खै
चलिरहेको के छ तिम्रो मनभित्र, खै

कहिल्यै नबुझ्न सकिने कस्तो यो तिम्रो मन? (कस्तो, कस्तो?)
खुशी खालि, दुःख नदिने कोही कहाँ भेटिन्छ, खै, हेरौँ (खै, हेरौँ)

गाह्रो-गाह्रो भाको छ, राती-राती निदाउन भने (निदाउन भने)
आऊ मेरो पाखुरा सिरानी बनाउँछौ भने

बनाऊ न, डराउन पर्दै पर्दैन नि
कटाउने नि पलहरू तिमी सँगै-सँगै
चलिरहेको के छ तिम्रो मनभित्र, खै
चलिरहेको के छ तिम्रो मनभित्र, खै

कहिल्यै नबुझ्न सकिने कस्तो यो तिम्रो मन?
कहिल्यै नबुझ्न सकिने कस्तो यो तिम्रो मन?

बल्लतल्ल फकाएर त मान्छौ धेरै पछि तिमी
माया हैन एकोहोरो बाटो, हराउँछौ कति, कति, कति?

सानो-सानो कुरामा पनि तिमी रिसाउने भए (रिसाउने भए)
लामो-लामो झगडा गरी दिन बिताउने भए (बिताउने भए...)