Shout Out
Vazra
3:43सुनसान महलभन्दा सुन्दर , हाँसो गुन्जि रहने झोपडी म यस्तो ग्रन्थ रच्छु ,जहाँ लुटिदैनन् द्रौपदी खोज्दैछु मानव होइन, मानवता बचाउने ओखती म शिष्टकर्ता भए ,बाढना सिकाउनेथे शोक पनि डुङ्गालाई भोग कति तर्दैन पेटका भोक कति सुनको घडीले आफै भन्दैन समय भो कति आकर्षित हुन्छ जो पनि क्षणिक माया र मोह प्रति चिताको काँठलाई अटाउनलाई चाहिँदैन रोपनी भाग्यको नोकरीले भरिँदैन टोकरी उडानलिनलाई चाहिन्छ ,जमिन छोड्ने अठोट पनि घमन्ड ईर्षा क्रोधले खाने छ तिमीलाई प्रकोप बनी पुण्य नामको रकम चाहिन्छ बास पाउन परलोक मानि थोपा थोपा गरि मात्र बन्छ पोखरी चौरासी व्यञ्जन तीतो जब नियतमा छ भोकमरी लाग्छ देख्दा सडक बालबालिकालाई चोकभरी म भगवान भाको भए हाँसो भरीदिन्थे ओठभरी भगवानको मन्दिरमा चन्दन लाउने शैतानको राज मूर्ख भक्त फ्याँक्छ भेटी सुनिदेउ आवाज भन्दै मूर्ति सामु जसलाई बनाउने मान्छे शायद पानी पिउन नपाएर हेर्दै छ आकाश जीवन यात्रा हो, सहयात्री हामी सबै ढिला चाँडो मात्र फरक, गन्तव्यमा हामी सँगै खाने हात होला फरक, खाने भात हामी एउटै सुत्ने खाट होला फरक, सुत्ने घाट् हामी एउटै छ जिन्दगी जुवा झैँ छैन जसको भर ईटाबालुवा होइन सम्बन्धले बन्छ घर मेहनती हातको मनलाई कहिले चाहिँदैन पद मात्र सिङ्गारपटार गरेर चाहिँ कुदने छैन रथ उम्रिदैन कमल खाली बगरमा मल झुट बोली आफैंलाई नै तिमी नगर न छल कानुनको नामले हुँदैछ यहाँ न्यायको कतल समाधानको पछि दौडेरचैं कहाँ मिल्छ त हल जीवन हाम्रो चलचित्र ,दैव बने दर्शक जीवन बाँच्नु जागिर हो, सुख दुःख तलब पैसाको लागि देखाउँछन् यहाँ विभिन्न हरखत कमाएर काममै छैन गर्न नजानेसि बचत कस्को चैं छ होला र? जिन्दगानी सम्पन्न खुशी रहेछ हावा जस्तै सकिँदैन पक्दन खुट्टा राख्नु जमिनमा, माथि दैवको हात छ सबैको future bright छ, its depend on your hardwork. सबसँग आट छ , सबलाई लाग्छ डर नि मलाई थाह छ कोही मान्छे पनि निडर हुँदैन जब दुःखको घामले दिन्छ जिन्दगीमा गर्मी तब दुई शब्दको सान्त्वनाले शीतल हुँदैन देख्छु परिणाम म उज्ज्वल, मानवतालाई कर्म मान्दा वनजङ्गलको नास ,आज भोकै देख्छु अन्नदाता भगवान त्यो हो जसले जोति दिन्छ अन्धकारमा दारी जुँगा पाल्दैमा हुँदैन कोई नि सन्त महात्मा को छ त गरिब ?भन्दा धनी हरूले हात उठाउँछ अनुहार देखाउदा खेरि भन्छन् सबले डाढ लुकाउँछ सपना सबको ठूलो, घरको आँगन सानो तिम्रो कला ,तिम्रो सत्य अनि आफन्त चाहिँ कानुन यो संसार छ प्रदूषित, सबै व्यस्त आफ्नो सुन्दरतामा आफ्नो हारमा नरुनु रमाउँछौँ भने उसको हारमा म सँग चमत्कारी शक्ति भको भए अनाथ बच्चाहरूलाई आमाबाउको माया दिन्थेँ उपहारमा । खोज्न सिक तिमी हारमा विजय जसले आफ्नो आत्मा बेच्छ उसकै आम्दानी बढने मान्छेहरू दृढराष्ट्र देखेनन् अन्याय अनि देख्न सक्ने हरू सबै गानदारी बने यो संसारमा बाँच्नलाई पैसामा नै बिकनु पर्छ न्याय किन्न सक्छौ मात्र पैसा झिक्नु पर्छ मरेपछि के नै छ र? माथि लाना भन्थे यहाँ त चितामा सुतेको पनि पैसा तिर्नुपर्छ