Maya Ta Maya-Timro Maan Ma

Maya Ta Maya-Timro Maan Ma

Narayan Gopal

Длительность: 5:14
Год: 1990
Скачать MP3

Текст песни

तिम्रो मनमा लुकेको कुरा नभने पनि
भुलिदिनेलाई, सम्झिदिनेलाई
माया त माया हो
माया त माया हो

तिम्रो मनमा लुकेको कुरा नभने पनि
भुलिदिनेलाई, सम्झिदिनेलाई
माया त माया हो
माया त माया हो

सम्झना चिख्छ एकान्तमा निन्द्रामा सपना भई
बतास गाउँछ मोहनी गीत मायाको कथा भई
बिर्सन खोज्छु, बाडुली लाग्छ मन यो चञ्चल भई

हो, भुलिदिनेलाई, सम्झिदिनेलाई
माया त माया हो
माया त माया हो

वारि र पारि दुई किनारमाझ यो खोला बग्दछ
तिम्रो र मेरो दुई मुटुमाझ यो माया अल्झेछ
खोला भएर जहाँ बगे पनि किनारझैँ साथ रहनेछु

ओ, भुलिदिनेलाई, सम्झिदिनेलाई
माया त माया हो
माया त माया हो

जन्म, हे, जन्म, पुनर्जन्म, म फेरि जन्मुँला
जन्म, हे, जन्म, पुनर्जन्म, म पनि जन्मुँला
म तिम्रो लागि, म तिम्रो लागि फेरि जनम लिउँला

भुलिदिनेलाई, सम्झिदिनेलाई
माया त माया हो
माया त माया हो

तिम्रो मनमा लुकेको कुरा नभने पनि
भुलिदिनेलाई, सम्झिदिनेलाई
माया त माया हो
माया त माया हो