Dinma Laune Gham

Dinma Laune Gham

Ram Chandra Kafle

Альбом: Basanta
Длительность: 4:43
Год: 2009
Скачать MP3

Текст песни

दिनमा लाउने चर्को घाम, रातमा लाउने जूनतारा
दिनमा लाउने चर्को घाम, रातमा लाउने जूनतारा
तिमीबाहेक संसारमा आफ्नो भन्ने कुन छ र?
किन, माया, निष्ठुरी, माया मार्यौ कि?
आजभोलि बिर्स्यौ कि, आउनै छाड्यौ नि
किन, माया, निष्ठुरी, माया मार्यौ कि?
आजभोलि बिर्स्यौ कि, आउनै छाड्यौ नि

ढुङ्गा पनि रसाउला, के रसाउँथ्यो तिम्रो मन
हो, ढुङ्गा पनि रसाउला, के रसाउँथ्यो तिम्रो मन
यस्तै हुन्छ जान्थेँ त किन दिन्थेँ तन र मन?

किन, माया, तर्किन्छ्यौ डिलमा पानीझैँ?
बोल्नै गाह्रो, बोली नै चोरी लानेझैँ
किन, माया, तर्किन्छ्यौ डिलमा पानीझैँ?
बोल्नै गाह्रो, बोली नै चोरी लानेझैँ

हुरी पनि, पानी पनि एकैसाथ, के भाको?
हो, हुरी पनि, पानी पनि एकैसाथ, के भाको?
भाँचिदियौ टेक्ने हाँगा बल गरेर जे भाको

किन, माया, आजभोलि बढेछ कि मान?
मेरै माया खोटी रैछ, हुन्छ मलाई भान
किन, माया, आजभोलि बढेछ कि मान?
मेरै माया खोटी रैछ, हुन्छ मलाई भान

दिनमा लाउने चर्को घाम, रातमा लाउने जूनतारा
दिनमा लाउने चर्को घाम, रातमा लाउने जूनतारा
तिमीबाहेक संसारमा आफ्नो भन्ने कुन छ र?
किन, माया, निष्ठुरी, माया मार्यौ कि?
आजभोलि बिर्स्यौ कि, आउनै छाड्यौ नि
किन, माया, निष्ठुरी, माया मार्यौ कि?
आजभोलि बिर्स्यौ कि, आउनै छाड्यौ नि

आजभोलि बिर्स्यौ कि, आउनै छाड्यौ नि
आजभोलि बिर्स्यौ कि, आउनै छाड्यौ नि