Charile Ta Chhadera
Ram Krishna Dhakal
4:36फूल भन्छ, "फुलिरहूँ," जून भन्छ, "चम्किरहूँ" फूल भन्छ, "फुलिरहूँ," जून भन्छ, "चम्किरहूँ" मन त भन्छ, "सबैसँग मायामोह राखिरहूँ" बाँचुन्जेलीलाई, बाँचुन्जेलीलाई बाँचुन्जेलीलाई, बाँचुन्जेलीलाई नदी भन्छ, "बगिरहूँ," सृष्टि भन्छ, "चलिरहूँ" नदी भन्छ, "बगिरहूँ," सृष्टि भन्छ, "चलिरहूँ" मन त भन्छ, "सबैसँग मायामोह राखिरहूँ" बाँचुन्जेलीलाई, बाँचुन्जेलीलाई बाँचुन्जेलीलाई, बाँचुन्जेलीलाई नपरोस् वचनले घोच्न, बरु ओठ सिएरै बस्छु बिझाउँदिन आँखाहरूमा, बरु आफै उडिदिन्छु नपरोस् वचनले घोच्न, बरु ओठ सिएरै बस्छु बिझाउँदिन आँखाहरूमा, बरु आफै उडिदिन्छु कसैको दुःखमा हाँस्दा कसलाई पो शान्ति मिल्छ? सपना त सपना हो, बिपनीमा रित्तिहाल्छ बिपनीमा रित्तिहाल्छ बाँचुन्जेलीलाई, बाँचुन्जेलीलाई बाँचुन्जेलीलाई, बाँचुन्जेलीलाई नपरोस् टुटेर जाने कसम न किरिया खान नपरोस् छिनभरको लागि झिनो सहारा बन्न नपरोस् टुटेर जाने कसम र किरिया खान नपरोस् छिनभरको लागि झिनो सहारा बन्न सुनझैँ सुन्दर तारा कसले पो टिप्याछ र? मरेपछिको स्वर्ग कसले पो देख्याछ र? कसले पो देख्याछ र? बाँचुन्जेलीलाई, बाँचुन्जेलीलाई बाँचुन्जेलीलाई, बाँचुन्जेलीलाई फूल भन्छ, "फुलिरहूँ," जून भन्छ, "चम्किरहूँ" मन त भन्छ, "सबैसँग मायामोह राखिरहूँ" बाँचुन्जेलीलाई, बाँचुन्जेलीलाई बाँचुन्जेलीलाई, बाँचुन्जेलीलाई