Phutki Jaaney Jovan

Phutki Jaaney Jovan

Sajjan Raj Vaidya

Альбом: Phutki Jaaney Jovan
Длительность: 3:41
Год: 2020
Скачать MP3

Текст песни

फुत्केर गयो यो उमेर नि धाकले ढाकेर राखेको
आफैमा आइलाग्यो कि, खै, के जवानीभरको ढाँटेको
बुझ्न नसकिने, खै, के हो दुईदिने रीतको संसार यो
एक त हिजोमै खेर गइगो, आज नि अबेर भइसको
म चाहिँ आफ्नै बाटो लागुम् है अब
म चाहिँ आफ्नै बाटो लागुम् है अब
हिजो त जवानी ढल्केथ्यो, आजै नै त्यही कुरो, खै, के भो
पिरती लाखेटेरै हो कि जिन्दगी मेरो खेर गाको?
अरूको कुरा त सुनेर दौडिनु दौडियो चारैतिर
चाउरो परेछि पो थाहा भो धन सबै नहुँदो रहेछ
म चाहिँ आफ्नै बाटो लागुम् है अब
म चाहिँ आफ्नै बाटो लागुम् है अब
म चाहिँ आफ्नै बाटो लागुम् है अब
ए, फुत्किजाने जोबन यो हेर्दाहेर्दै, खै, काँ गो (म चाहिँ आफ्नै बाटो लागुम् है अब)
चालै नपाई बितिगयो जिन्दगी नै मेरो
बुझ्न नसकिने, खै, के हो दुईदिने रीतको संसार यो
एक त हिजोमै खेर गइगो, आज नि अबेर भइसको