Notice: file_put_contents(): Write of 671 bytes failed with errno=28 No space left on device in /www/wwwroot/muzbon.net/system/url_helper.php on line 265
Swoopna Suman - Dhanyawaad (Feat. Utpal Kandel) | Скачать MP3 бесплатно
Dhanyawaad (Feat. Utpal Kandel)

Dhanyawaad (Feat. Utpal Kandel)

Swoopna Suman

Альбом: Dhanyawaad
Длительность: 4:36
Год: 2021
Скачать MP3

Текст песни

Hmm

जीवनको पहिलो guitar तिमीले गर्दा छुन पाएँ
कति सुन्दर रहेछ यो संसार, तिमीले गर्दा थाहा पाएँ
Hmm, hmm

ठूला-ठूला सपना बोकी हिँड्ने यी आँखा हुन् मेरा तिम्रै
हत्केला मेरा भए, भाग्यको रेखा सबै तिम्रै

गर्दै छु आज समर्पण तिमीमै गीत यो मेरो

धन्यवाद, धन्यवाद
धन्यवाद, धन्यवाद
धन्यवाद तिमीलाई, तिमी भइदिएकोमा
धन्यवाद, मलाई म बनाइदिएकोमा

Hmm, कष्ट हजारौँ आउँदा जीवनमा हाँसोले आँसु लुकायौ
अनिदो रातले सताउँदा मलाई काखको सिरानीमै सुतायौ
बाटो हराउँदा, आत्तिँदा मन, हातले तिम्रो डोर्यायौ, ooh, ooh

चाहे जहाँ लैजाला जीवनले, आशिष् छ तिम्रो सधैँ
खोजूँ म अरू किन? खुशी रहेछ तिम्रो हाँसोमै

गर्दै छु आज समर्पण तिमीमै गीत यो मेरो

धन्यवाद, धन्यवाद
धन्यवाद, धन्यवाद
धन्यवाद तिमीलाई, तिमी भइदिएकोमा
धन्यवाद, मलाई म बनाइदिएकोमा

धन्यवाद, धन्यवाद
धन्यवाद, धन्यवाद
धन्यवाद तिमीलाई, तिमी भइदिएकोमा
धन्यवाद, मलाई बाटो देखाइदिएकोमा